प्रचण्डसँग असन्तुष्ट नारायणकाजी समूह केन्द्रीय समिति बैठकमा जाने

हेटौडा न्युज
१९ फाल्गुन २०७८, बिहीबार १८:३२
;

मकवानपुर । नेकपा माओवादी केन्द्रमा नेतृत्वसँग असन्तुष्ट नारायणकाजी श्रेष्ठ समूह केन्द्रीय समिति बैठकमा जाने भएको छ ।

माओवादीले केन्द्रीय समितिको बैठक २० फागुनमा बोलाएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्ने तयारी छ । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्दा नारायणकाजी समूह असन्तुष्ट भएको थियो ।

एमसीसी अनुमोदन भएको भोलिपल्ट पत्रकार सम्मेलन गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छाडेर गए हुन्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि नारायणकाजी समूह असन्तुष्ट बनेको छ । एमसीसी सम्झौता र संसदले गरेको १२ बुँदे व्याख्यात्मक घोषणाबारे आफ्ना मत राख्ने यो समूहको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*