नारायणकाजी भेट्न हात्तीवन पुगे प्रचण्ड

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन् ।
अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी सम्झौता प्रतिनिसधसभाबाट अनुमोदन गर्ने पार्टीको निर्णयमा नेता श्रेष्ठ असन्तुष्ट छन् । एमसीसी पास गर्न नहुने अडान राख्दै आएका नेता श्रेष्ठले १२ बुँदे ब्याख्यात्मक घोषणालाई पनि स्वीकारेका छैनन् ।
यही विषयलाई लिएर मओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठबीच मतभेद बढेको छ । एमसीसीका विषयमा पार्टीभित्र असहमति राखिराखेका श्रेष्ठलाई भेट्न अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो उनकै निवास गएका हुन् ।