एमसीसी संसदबाट अनुमोदन भएकोमा खुसी छु : प्रचण्ड

हेटौडा न्युज
१६ फाल्गुन २०७८, सोमबार १६:५२
;

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरेका छन् ।

सोमबार आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरी प्रचण्डले भनेका छन्, ‘हिजो पास भएपछि म निकै खुसी छु । देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’ प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर यसअघि आफू र पार्टीले अघि सारेका प्रस्ताव र अडानहरुको बचाउ गरे । राजनीतिक दलहरु र समाज नै विभाजनमा जाँदा संविधान र लोकतन्त्रमाथि घात हुन्छ कि भन्ने लागेर सहमति जुटाउने उपाय खोजेको, तर आफूलाई नै भिलेनका रुपमा प्रस्तुत गरेको उनको गुनासो थियो ।

संसदबाट अनुमोदन गर्ने प्रवधान थप्नुका साथै तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणका क्रममा नेपाल पनि इण्डो प्यासिफिक स्ट्राटेजीमा सामेल भएको प्रचार भएपछि एमसीसी विवादमा परेको प्रचण्डले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*