काङ्ग्रेस मकवानपुरको अधिवेशन नयाँ नेतृत्वका लागी मतदान सुरु

मकवानपुर । नेपाली काङ्ग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशन अन्र्तगत सभापति, पदाधिकारी र सदस्यहरुका लागि मतदान सुरु भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ चौकिटोलमा काङ्ग्रेस मकवानपुरको मतदान भइरहेको हो । मतदान चलिरहँदा पनि चुनाबी प्रचार प्रसारको कामलाई भने निकै तिब्रता दिइएको छ । निर्धारित समय भन्दा ३ घण्टा ढिलो गरी चौकिटोलमा रहेको डल्फीन चौरमा मतदान प्रकृया सुरु भएको मतदान अधिकृत गणेश प्रसाद हुमागाईले बताए ।
काङ्ग्रेस मकवानपुरको आगामी नेतृत्वका लागि सभापतिमा आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेको प्यानल चुनावी मैदानमा रहेका छन् । विभिन्न ८ वटा कल्टरमा ८ जना निर्विरोध निर्वाचित भइसकेका छन् । मतदान प्रकृयामा जिल्लाभरबाट निर्वाचित भएका १ हजार ८ सय ५३ जना क्षेत्रीय प्रतिनिधिहरु (बुथ प्रतिनिधिलले) भोट खसाल्ने छन् ।