छेपारो जस्तै रंग बदल्ने प्रचण्ड: गोकुल बास्कोटा

मकवानपुर । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) रंग बदल्न चलाख भएको बताएका छन् ।
शुक्रबार साँझ हेटौँडामा बास्कोटाले भने ‘प्रचण्ड र छेपारोबिच रंग बदल्ने प्रतिस्पर्धा भयो भने प्रचण्ड जित्छन, छेपारो हार्छ । ’ उनले एमसीसी हालको गठवन्धन हुँदै सम्झौता भएको र पारित गर्ने समयमा पनि सोहि गठवन्धननै सत्तामा रहेको बताए ।
https://www.youtube.com/watch?v=SRTk5VhVvcw
उनले सत्तासिन दलहरुसँगले एमसीसीको नाउँमा सडकमा वितण्ड मञ्चाउने काम गरेको भन्दै यस्ता दुईखाले चरित्र प्रस्तुत नगर्न उनले अनुरोध समेत गरेका छन् ।