सत्ता गठबन्धन छिटो भत्किनुपर्छ: सचिव भट्टराई

मकवानपुर । नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिलेको सत्ता गठबन्धन रहँदासम्म मुलुक अनिर्णयको बन्दी भइरहने भन्दै छिटो भत्किनुपर्ने बताएका छन् ।
बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले गठबन्धन भत्किनु अनिवार्य भएको बताए । अहिले सत्ता गठबन्धनभित्र देखिएको संकटलाई राष्ट्रिय संकटको रुपमा देखाइएको र मुलुकलाई भूराजनीतिक चलखेलको केन्द्र बनाइएको भट्टराईले टिप्पणी गरे ।