एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले एमालेसँग सहयोग मागे

मकवानपुर । एमसीसी संसदबाट पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी नेकपा एमालेसँग सहयोग मागेका छन् ।
सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्रीले एमालेसँग छलफल थालेका हुन् । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग भएको छलफलमा उनले एमसीसी अनुमोदनका लागि सहयोग मागेका छन् । प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्रैबाट सरकारलाई असहयोग भएको भन्दै एमसीसी सम्झौता अनुमोदनमा सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए ।
तर एमाले अध्यक्ष ओलीले ६ महिनादेखि संसदभित्रै आन्दोलनमा रहेको भन्दै एमसीसी सम्झौता अनुमोदनमा साथ दिन नसक्ने दोहो¥याएका थिए । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई गरको कारवाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै २३ भदौदेखि संसद अवरोध गर्दै आएको छ ।