गगन थापाले गरे सत्ता गठबन्धन भत्किने सङ्केत

मकवानपुर । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन भत्किने सङ्केत गरेका छन् ।
संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले सत्तारुढ ५ दलीबीच कुरा नमिले गठबन्धन भत्कने बताएका हुन् । सत्तारुढ गठबन्धनका केही दलले कङ्ंग्रेससँग छलछामपूर्ण व्यवहार गरेको थापाको आरोप छ ।
उनले संसदसँग एमसीसी पारित गर्ने, फेल गर्ने वा खारेज गर्ने अधिकार रहेको भन्दै संसदबाट निकास दिन सबै दल तयार हुनुपर्ने बताए । एमसीसीका नाममा लामो समय अलमल गर्ने अवस्थामा काङ्ग्रेस नरहेको उनले बताए ।