बालुवाटारमा सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक सुरु

मकवानपुर । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक सुरु भएको छ ।
बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने सत्तारुढ गठबन्धनका
एक नेताले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्नुपर्ने अडानका छन् ।
तर माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदको अवरोध कायम रहेको बेला एमसीसी टेबल गर्न नहुने बताएका छन् ।