एमसीसी विरुद्ध माओवादीको विरोध, जनवर्गीय सङ्गठन सडकमा

मकवानपुर । आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल हुँदा विरोध जनाउने माओवादी केन्द्रले जनाएको छ ।
सडकबाट पनि दबाव दिने उद्देश्यले उसले आफ्ना सबै जनवर्गीय संगठनहरुलाई एमसीसीको विरोधमा उत्रिन निर्देशन दिइसकेको छ । पार्टीको निर्देशन अनुसार आज माओवादी केन्द्रका जनवर्गीय सङ्गठनहरुले नयाँबानेश्वरमा प्रदर्शन गर्दैछन् । माओवादी केन्द्रका एकजना नेताले संसदमा एमसीसी टेबुल हुँदा माओवादी केन्द्रले विरोध जनाउने बताए ।
माओवादी केन्द्रले युवा, विद्यार्थी, महिलालगायतका सबै जनवर्गीय सङ्गठनहरुलाई एमसीसीविरुद्ध सडक प्रदर्शनमा उत्रिन निर्देशन दिइसकेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार आज बिहान ११ बजे नयाँबानेश्वरमा भेला भएर विरोध प्रदर्शन गर्न लागेको वाईसीएलका नेता सुवोध शेर्पालीले बताए ।