कम्युनिष्टहरुले दोहोरो चरित्र देखाए: प्रधानमन्त्री देउवा

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको सन्दर्भमा कम्युनिष्टहरुले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।
काङ्ग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै देउवाले एमसीसीको सन्दर्भमा कम्युनिष्टहरुले दोहोरो चरित्र देखाएको बताए । उनले कम्युनिष्टहरूले सरकारमा हुँदा र विपक्षमा हुँदा फरक फरक कुरा गर्ने गरेको बताए । एमसीसीबारे कम्युनिष्टहरुले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै काङ्ग्रेसजति प्रष्ट दल नेपालमै नभएको देउवाले बताए ।
उनले संसदमा एमसीसी टेबुल गर्ने विषयमा सभामुखसँग आफूले छलफल गरिसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि एमसीसी पारित गर्न सघाउनुपर्ने बताए ।