प्रधान न्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता

मकवानपुर । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
सत्तारुढ नेपाली कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादीले आज प्रस्ताव दर्ता गराएका हुन् । सत्तारुढ गठबन्धनले संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम संसदमा महाअभियोग दार्ता गराएको हो ।
महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।