माओवादी केन्द्रले मनायो २७ औं जनयुद्ध दिवस

हेटौडा न्युज
१ फाल्गुन २०७८, आईतवार ११:२३
;

मकवानपुर । नेकपा माओवादी केन्द्रले २७ औं जनयुद्ध दिवस मनाएको छ । पार्टी मुख्यालय पेरिडाँडामा एक कार्यक्रम गरी २७ औं जनयुद्ध दिवस मनाएको हो ।

कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगै अन्य नेता तथा कार्यकर्ता सहभागी थिए । नेता तथा कार्यकर्ताले सहिदको फोटोमा माल्यार्पण गरेका छन् । कार्यक्रममा बोल्दै नेताहरुले जनयुद्धको प्रशंसा गर्दै सहिदप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

उनीहरुले घाइते तथा सहिद परिवारप्रति सम्मान पनि व्यक्त गरे । कार्यक्रममा सहिद परिवारका सदस्यहरुको पनि उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*