बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्नु: अध्यक्ष ओली

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तह निर्वाचनमा बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न सत्ताघटक दललाई चेतावनी दिएका छन् ।
स्थानीय तह निर्वाचन तयारीबारे प्रशिक्षण उद्घाटन कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले आसन्न स्थानीय तह निर्वाचनमा बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न सत्ताघटक दललाई चेतावनी दिएका हुन् ।
२०७४ सालको स्थानीय चुनावमा पनि सत्तागठबन्धनसँग लडेर एमाले नै सबैभन्दा ठूलो दल भएको दृष्टान्त पेस गर्दै ओलीले अबको निर्वाचनमा पनि एमाले नै ठूलो दल हुने दाबी गरे । स्थानीयसँगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेकै बहुमत हुने उनको दाबी छ ।