अनेरास्ववियूद्वारा मकवानपुर क्याम्पसलाई स्वचालित सेनिटाईजर मेसिन हस्तान्तरण

मकवानपुुर । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले मकवानपुर बहुमुखी क्याम्पसलाई स्वचालित सेनिटाईजर मेसिन हस्तान्तरण गरेको छ ।
बिहीवार बिहान क्याम्पस प्रमुख डाक्टर शंकर प्रसाद उपाध्यायलाई अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य एवम् अनेरास्ववियू मकवानपुर जिल्ला अध्यक्ष अरूण बर्तौलाले स्वचालित सेनिटाईजर मेसिन हस्तान्तरण गरेका हुन् । यस्तै अनेरास्ववियूले २५ लिटर सेनिटाईजर र १ कार्टुन मास्क समेत क्याम्पस प्रमुख उपाध्यायलाई हस्तान्तरण गरेको थियो ।
अनेरास्ववियू मकवानपुर बहुमुखी क्याम्पस कमिटिका अध्यक्ष बिश्वास पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियू केन्द्रिय सदस्य कुमार रूम्वा, अनेरास्ववियू मकवानपुरका उपाध्यक्ष शिशिर पराजुली, सचिव आकाश अधिकारी, सदस्य पृथ्वी नेपाल र अभिषेख दाहाल लगाएतकाको उपस्थिति रहेको थियो ।