नेपाली काङ्ग्रेसको १६ जिल्लाको निर्वाचन सर्यो

हेटौडा न्युज
२१ पुष २०७८, बुधबार ११:४५
;

मकवानपुुर । नेपाली काङ्ग्रेसले जिल्ला कार्यसमिति निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको निर्वाचन मिति तीन साता पर सारेको छ ।

काङ्ग्रेस केन्द्री निर्वाचन समितिको आज बसेको बैठकले पुस २७ गतेका लागि निर्धारित १६ जिल्लाको अधिवेशन तथा कार्यसमिति निर्वाचन माघ १५ गते गर्ने निर्णय गरेको हो । समितिका सचिव केशव रिजालद्वारा हस्ताक्षरित वक्तव्यमा माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गरी जिल्ला निर्वाचन सारिएको हो ।

अघिल्लो महिना केन्द्रीय महाधिवेशन गरेको कांग्रेसले विवादका कारण १६ जिल्लामा नेतृत्व चयन गर्न सकेको थिए । कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको निर्वाचन गर्न बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*