बागमती प्रदेशबाट राष्ट्रियसभा निर्वाचनका लागि ६ जना उम्मेदवारहरुको मनोनयन दर्ता

हेटौडा न्युज
२० पुष २०७८, मंगलवार १८:०९
;

मकवानपुुर । बागमती प्रदेशबाट राष्ट्रियसभा निर्वाचनका लागि ६ जना उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।

सत्तागठबन्धनबाट गोमा तिमल्सिना र कृष्णप्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । गोमा तिमल्सिना नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी हुन् । भने कृष्णप्रसाद पौडेल नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका हुन् । यस्तै एमालेको निरकुमारी कुँवर र गोपाल शाक्यले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङ र गीता काफ्लेले पनि उम्मेदवारी दिएका छन्। राष्ट्रियसभा सदस्यका लागि वागमती प्रदेशबाट महिला र अन्य समुदाय गरी दुई रिक्त पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*