राष्ट्रियसभा निर्वाचनका लागि आज मंगलबार उम्मेदवारी दर्ता

हेटौडा न्युज
२० पुष २०७८, मंगलवार १०:५०
;

मकवानपुुर । माघ १२ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।

७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ ।प्रदेश १ को विराटनगर, २ को जनकपुरधाम, बागमतीको हेटौंडा, गण्डकीको पोखरा, लुम्बिनीको घोराही, कर्णालीको वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा उम्मेदवारी दर्ता हुनेछ ।

भोलि उम्मेदवारविरुद्ध उजुरीको कार्यसूची छ । भने २२–२३ पुसमा उजुरीमाथि छानबिन हुनेछ । निर्वाचनमा भाग लिन १२ वटा दल आयोगमा दर्ता भएका छन् । आयोगका अनुसार प्रदेश–१ बाट ३, प्रदेश २ बाट २, बागमतीबाट २, गण्डकीबाट ३, लुम्बिनीबाट ३, कर्णालीबाट ३ र सुदूरपश्चिमबाट ३ जना निर्वाचित हुनेछन् । निर्वाचनका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुनेछ । सत्तागठबन्धनमा रहेका दलहरूको सोमबारको बैठकले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने सिटमा भागबन्डा गर्ने निर्णय गरिसकेको छ । राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनमा बिदा हुँदैछन् । २० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनित हुनेछन् । भने १९ जनाका लागि निर्वाचन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*