माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

हेटौडा न्युज
१९ पुष २०७८, सोमबार १७:५७
;

मकवानपुुर । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् ।

आठौं महाधिवेशनबाट चुनिएको २ सय ३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेको हो । ललितपुरको एक व्यांक्वेटमा बसेको बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरको थिए भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेका छन् ।

अध्यक्षमा अरुको उम्मेदवारी नपरेको भन्दै ज्येष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*