माओवादी महाधिवेशन: प्रचण्डले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै

हेटौडा न्युज
१६ पुष २०७८, शुक्रबार १०:१९
;

मकवानपुुर । नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदैछन्।

दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसअघि बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत हुनेछन् । ती प्रतिवेदन पारित भएसँगै प्रचण्डले जवाफ दिनेछन् ।

प्रचण्डको जवाफपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान संशोधन प्रस्ताव हलबाट अनुमोदन भएपछि संशोधित विधान अनुसार केन्द्रीय समिति चुन्न निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिए । माओवादी विधानमा बन्द सत्रबाट केन्द्रीय समिति निर्वाचित हुने र केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने प्रावधान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*