माओवादी केन्द्रको बन्दसत्रमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदै

हेटौडा न्युज
१३ पुष २०७८, मंगलवार ११:३३
;

मकवानपुर । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदैछ ।

छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ । आज समूहमा छलफल गरेर भोलिबाट टोली नेताले छलफलकोे निष्कर्ष प्रस्तुत गर्ने माओवादी केन्द्रले जनाएको छ । माओवादी प्रतिनिधिहरुको टोलीलाई प्रज्ञा भवन, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र पार्टी प्यालेसहरुमा राखिएको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत हिजोको बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*