एमालेले अवरोध गरेपछि बागमती प्रदेशसभाकोे बैठक स्थगित

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि बागमती प्रदेशसभाको बुधबारको बैठक स्थगित भएको छ ।
सुरूङ मार्ग र बिद्युतीय बसको बजेट रोक्का गरेको, धादिङको कार्यक्रममा मूख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा एकीकृत समाजवादी पार्टीको कमिटी गठन गरेमात्र बजेट उपलब्ध गराउने अभिव्यक्ति दिएको, मन्त्रालय बढाएको लगायतका विषयलाई लिएर एमालले सदन अवरुद्ध गरेको हो । सरकारका तर्फबाट मुख्यमन्त्री पाण्डेले जवाफ नदिएसम्म संसद अवरुद्ध गर्ने नेकपा एमालेका प्रमुख सचेतक दिपक निरौलाले बताए । बागमती प्रदेशका प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरुले मन्त्रालय विभाजन र आफ्नो सार्वजनिक अभिव्यक्तिबारे मुख्यमन्त्री राजेन्द्र पाण्डेले चित्तबुझ्दो जवाफ नदिए प्रदेशसभाका कारवाही अघि बढ्न नदिने भएका छन्।
प्रदेशसभा बैठकअघि बसेका प्रतिपक्षी दलहरूको बैठकमा यस विषयमा छलफल भएको हो । बैठकले मनलाग्दी टुक्राएर मन्त्रालयको संख्या १४ बनाउने विषयमा मुख्यमन्त्री पाण्डेले जवाफ दिनुपर्ने निश्कर्ष निकालेको छ । बैठकमा राप्रपा, विवेकशील साझा पार्टी, नेमकिपाका नेताहरु सहभागि थिए । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डे अनुपस्थित थिए । प्रदेशसभाको अर्को बैठक भोली बिहीबार ११ बजे बस्ने भएको छ ।