काङ्ग्रेसको महामन्त्री पदको मतगणना सुरु

हेटौडा न्युज
१ पुष २०७८, बिहीबार ११:०७
;

मकवानपुर । नेपाली काङ्ग्रेसको महामन्त्री पदको मतगणना सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा उपसभापति पदको मतगणना भएकै स्थानमा महामन्त्री पदको मतगणना सुरु भएको हो । सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् ।

निर्वाचनबाट दुई जना महामन्त्री चुनिने छन् । काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट सभापति पदमा शेरबहादुर देउवा र उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*