नेकपा एमालेको केन्द्रिय कमिटीमा दुर्गा प्रसाईं देखी ऐन महर सम्म प्रस्तावित

हेटौडा न्युज
२६ मंसिर २०७८, आईतवार १३:३९
;

मकवानपुर । नेकपा एमालेले बि एण्ड सी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ ।

शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंसहित ४३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेका हुन् । तर नेताहरूले ओलीको प्रस्तावको विरोध गरेका छन् ।

त्यस्तै लालबाबु पण्डित, दल फडेरा, मानवीर राई, ऐन महर, चन्द्रमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्यप्रसाद पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्कोटा, विशाल भट्टराई, बद्री न्यौपाने, विषमलाल अधिकारी, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण ब्यञ्जनकार, भीम केसी, सुवास देवकोटा, बालसिंह काउछा, चन्द्र विक मनोनीतको सूचीमा रहेका छन् ।

त्यस्तै इन्दिरादेवी गौतम, शान्ति अधिकारी, इन्दिरा सञ्जेल, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाई, नैनकला ओझा, मञ्जु गुरुङ, विमला अर्याल, तारादेवी गुरुङ, गीता कार्की, रुक्मिणी राना , सविता यादवलगायत पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*