एमाले स्थायी कमिटीको बैठक मंगलवार बिहान बस्ने

मकवानपुर । नेकपा एमालेको स्थायी कमिटीको बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठक मंगलबार विहान ११ बजेका लागि सारिएको जानकारी दिए । यसअघि सोमबार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो । बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषय पनि बैठकको एजेण्डा रहेको उनले जानकारी दिए । निर्वाचित भएर आएकाबाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।