प्रचण्डको अभिव्यक्ति गलत हो: विरोध खतिवडा

मकवानपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू र आफ्नो पार्टीलाई सिध्याउन एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनमा महाधिवेशन गर्न लागको भन्ने अभिव्यक्ति गलत भएको टिप्पणी गरेका छन् ।
आज हेटौंडामा नेकपा (एकीकृत समाजवादी) को समाजवादी प्रेस संगठन मकवानपुरले गरेको पत्रकार भेटघाट कार्यक्रममा एसका स्थायी कमिटीका सदस्य समेत रहेका मन्त्री खतिवडाले कुनै पनि पार्टीले देशको कुनै पनि स्थानमा आफ्नो पार्टीको महाधिवेशन गर्न स्वतन्त्र रहेको बताए ।
शनिबार रौतहटको कटहरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादी र आफूलाई सिध्याउन चितवनमा महाधिवेशन गर्न लागेको बताएका थिए ।