संस्थापक नेताहरुको सपना पूरा गर्छु: नेता सिंह

मकवानपुर । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापक नेताहरुको सपना पूरा गर्न आफू नेतृत्वको आकांक्षी बनेको बताएका छन् ।
‘बानेश्वरको सेरोफेरो’ नाम पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व महामन्त्री सिंहले कांग्रेसको स्थापनाकालमा देखिएको विकसित नेपालको सपना पूरा हुन बाँकी नै रहेको बताए । उनले पार्टीभित्र एकता र मेलमिलाप कायम गर्दै जनताको पक्षमा काम गर्ने कांग्रेस बनाउन आफूले मेहेनत गर्ने बताए ।
१४ औं महाधिवेशन कांग्रेसको आन्तरिक जीवनका लागि मात्रै नभएर मुलुककै लागि महत्वपूर्ण रहेको भन्दै नेता सिंहले सक्षम नेतृत्व छान्न सबै कस्सिनुपर्ने बताए ।