एकीकृत समाजवादीप्रति आकर्षण बढेका छ: अध्यक्ष नेपाल

मकवानपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढेको बताएका छन् ।
शुक्रबार केन्द्रीय कमिटीका एजेन्डा तय गर्न बसेको स्थायी कमिटी बैठकमा पार्टी गठनदेखि अहिलेसम्मको अवस्थाबारे ‘ब्रिफिङ’ गर्दै उनले अन्य पार्टी छाडेर नेकपा एसमा आउनेको लहर चलेको पनि बताए ।
नेपालले एमाले छाडेर आउने, अन्य पार्टीबाट प्रवेश गर्ने र सहकार्य गर्न चाहनेहरु बढेको बताए ।