लगातार एमालेको सत्ता बहिर्गमन प्रदेश १ का मुख्यमन्त्री आर्चायले पनि दिए राजिनामा

मकवानपुर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् ।
आज प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दे मुख्यमन्त्री आचार्यले पदबाट राजिनामा दिने घोषण गरेका थिए । प्रदेशसभा बैठक सकिए लगतै मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई राजिनामा बुझाएका हुन् ।
आर्चायले आज प्रदेशसभामा विस्वासको मत लिने कार्यसूची रहेपनि विश्वासको मत पाउने सम्भावना नदेखेपछि उनले राजिनामा दिएका हुन् । संघीय सरकार देखि एमालेले सरकारको नेतृत्व गरेको ४ वटा प्रदेशहरुमा क्रमश गण्डकी , लुम्बिनी र बागमती हुँदै प्रदेश १ सरकारबाट पनि एमाले बिदा भएको छ ।