मुख्यमन्त्री पाण्डेले कार्तिक २२ गते विस्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले कार्तिक २२ गते प्रदेशसभाबाट विस्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्रीका रुपमा सपथ लिएको एक महिना भित्रमा विस्वासको मत लिने समय भएपनि उनले कार्तिक २२ गतेका लागि विस्वासको मत लिन भएका हुन् ।
पाण्डेले विस्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।