आज देशभर एमालेको पालिका अधिवेशन

मकवानपुर । नेकपा एमालेको स्थानीय तहस्तरीय अधिवेशन आज हुँदैछ ।
राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने निर्णय पछिल्लो स्थायी समिति बैठकले गरेको थियो ।
सोही बैठकको निर्णयअनुसार ६ गते देशभर वडा अधिवेशन सम्पन्न भएको थियो । प्राविधिक र भौगोलिक कारणबस केहि स्थानीय तहमा सम्भव नभए पनि आज अधिकांश गाउँपालिका र नगरपालिकामा अधिवेशन हुँदैछ ।