कात्तिक ९ गते एमालेको पालिका अधिवेशन ओलीले उद्घाटन गर्ने

मकवानपुर । कात्तिक ९ गते हुने नेकपा एमालेकोे पालिका अधिवेशन अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने भएका छन् ।
महाधिवेशनअघि वडा र पालिका अधिवेशनमा सम्पन्न गर्ने तयारीमा रहेको एमालेले कात्तिक ९ गते मंगलबार देशैभरका पालिकाहरुमा अधिवेशन गर्दैछ ।
पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष ओलीले एकैपटक भर्चुअल माध्यमबाट पालिका अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेले ७५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो । बाढी, पहिरो र डुवानले प्रभावित भएकाबाहेक सवैमा अधिवेशन हुने तामाङले जानकारी दिए ।