एमालेको केन्द्रीय कार्यालय ललितपुरमा सर्ने

मकवानपुर । नेकपा (एमाले)को थापालथलीस्थित केन्द्रीय कार्यालय ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सर्ने भएको छ ।
थापाथलीमा रहेको हालको कार्यालय सानो भएको कारण एमालेका सबैजसो बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमै हुने गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलका अनुसार अब एमालेले केन्द्रीय कार्यालबाट गर्ने सबै काम त्यहीबाट गर्ने छ ।