बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गर्न एमाले अध्यक्ष ओलीको माग

मकवानपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
अध्यक्ष ओलीले बेमौसमा आएको वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
शनिबार पार्टीको वडा अधिवेशनको भर्चुअलरुपमा उद्घाटन गर्दै उनले वर्षात्को मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्नलाई धन्यवाद समेत दिए ।