एमालेको वडा अधिवेशन शुरु, ओलीले गरे उद्घाटन

मकवानपुर । नेकपा (एमाले) को आज देशभर वडा अधिवेशन शुरु भएको छ ।
केन्द्रीय कार्यलमा आयोजित एक समारोहमा अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभरका वडा अधिवेशन उद्घटान गरेका हुन् । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो । अधिवेशन उद्घाटनपछि ओलीले सम्बोधन शुरु गरेका छन् ।
इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने छ । आजै ६ हजार भन्दा बढी वडामा एमालेको नयाँ नेतृत्व आउने छ । यद्यपि, बाढीपहिरो प्रभावित जिल्लामा भने आज वडा अधिवेशन हुनेछैन । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।