मन्त्री हमालद्वारा राजीनामाको घोषणा

मकवानपुर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने बताएका हुन् । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।