एमाले वडा नम्बर ७ कमिटीद्वारा शुभकामना आदानप्रदान

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ कमिटीले तथा बडादशै, शुभदिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शनिवार बिहान शुभकामना आदानप्रदान एव चियापानको आयोजना गरेको छ ।
वडा कमिटी अध्यक्ष सोमलाल योन्जनको अध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य देबराज रिमालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथी प्रदेश कमिटी सदस्य रिमालले मकवानपुरे राजनीतिक क्षेत्रमा एमालेको बिरासतमा कुनै कमि नआउने दाबी गरे ।
आजै नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ कमिटीको कार्यालय समेत स्थापना गरिएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्यसहित ११ जना एमाले प्रवेश गरेका छन । उनिहरुलाई प्रदेश कमिटी सदस्य देवराज रिमाल, जिल्ला उपाध्यक्ष गोपाल श्रेष्ठले टीका, खादा र माला लगाएर एमालेमा प्रवेश गराएका थिए ।