जिम्मेवारी हेरफेर: खतिवडालाई स्वास्थ्य, झाँक्रीलाई पर्यटन

हेटौडा न्युज
२२ आश्विन २०७८, शुक्रबार १४:३४
;

मकवानपुर । नेकपा एकीकृत समाजवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने चार मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ ।

अन्तिम समयमा नेकपा एसको सचिवालयले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेर नाम बुझाएको हो । यसअघि सहरी विकास भनिएका विरोध खतिवडालाई स्वास्थ्यमन्त्री बनाइने भएको छ ।

त्यस्तै रामकुमारी झाँक्रीलाई पर्यटन र प्रेम आलेलाई सहरी विकास मन्त्रीको जिम्मेवारी दिन सिफारिस गरिएको एक नेताले बताए । किसान श्रेष्ठ श्रममन्त्री बन्ने भएका छन् भने भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*