बकैयामा युवा संघको भेला, सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने

मकवानपुर । बकैया गाउँपालिकामा भोलि (असोज २३ गते) नेकपा एमाले निकट राष्ट्रिय युवा संघ,बकैया कमिटीले गाउँपालिका स्तरीय बृहत युवा भेला गर्ने भएको छ ।
बकैया–६ को गौतम बुद्ध पर्यटन पार्कमा हुने युवा भेलाको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय युवा संघ,बकैया कमिटीका संयोजक विजय वाईवाले जानकारी दिए । उनले गाउँपालिका भरबाट २ हजार भन्दा बढी युवाहरुको सहभागिता रहने समेत बताए । भेलालाई नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय युवा संघ,मकवानपुरका जिल्ला सचिवालय सदस्य जितेन्द्र दाहालले बताए ।
सचिवालय सदस्य दाहालका अनुसार भेलाले राष्ट्रिय युवा संघ,बकैया कमिटीको नयाँ कार्यसमिति समेत घोषणा गर्ने कार्यक्रम रहेको छ । भेलामा नेकपा एमाले जिल्ला कमिटी, बकैया कमिटी लगाएत एमाले निकट भातृ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहने बताईएको छ ।