पत्रकारहरुको क्षमता विकासका लागी स्थानीय सरकारले सहयोग गर्छ: मेयर महत

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले मकवानपुरका पत्रकारको संस्थागत विकासका लागि स्थानीय सरकारले सहयोग गर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा बिजयादशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठपर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मेयर महतले पत्रकारको क्षमता विकासका लागि सहयोग गर्ने बताएका हुन् । मकवानपुरका पत्रकारको दुर्घटना बिमा गर्नका लागि कार्यपालिकाबाट निर्णय गरिएको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु लगाएतकाको उपस्थिति थियो ।