बागमती प्रदेश सभाको बैठक असोज २४ गते बस्ने

मकवानपुर । बागमती प्रदेश सभाको बैठक असोज २४ गते दिउँसो ३ बजे बस्ने भएको छ ।
बिहीवार एक सुचना जारी गर्दे प्रदेशसभा सचिवालयले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले असोज २४ गते प्रदेश सभाको नवौं अधिवेशन आवहन गरेको जनाएको छ ।
बैठक दिउँसो ३ बजेका लागी बोलाईएको प्रदेश सभा सचिवालयका सचिव कृष्ण हरि खड्काले जानकारी दिए ।
बुधबार प्रदेश सरकारले असोज २४ गते नवौँ (हिउँदे) अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।