पुर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध परेको रिटमा कात्तिक १५ मा फैसला सुनाउने

हेटौडा न्युज
१८ आश्विन २०७८, सोमबार १७:१८
;

मकवानपुर । ललिता निवास जग्गा प्रकरणमा परेको रिटमा सर्वोच्च अदालतले १५ कात्तिकमा फैसला सुनाउने भएको छ ।

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईलाई मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले १५ कात्तिकमा फैसला सुनाउने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले निर्णय सुनाउने मिति तोकेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*