संसदमा जिम्मेवार ढङ्गले प्रस्तुत हुन एमालेलाई आग्रह

हेटौडा न्युज
१४ आश्विन २०७८, बिहीबार १२:१३
;

मकवानपुर । संसद सुचारु गर्ने विषयमा जिम्मेवार ढङ्गले प्रस्तुत हुन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सर्वदलीय बैठकमा सहभागी नेताहरुले आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संघीय संसदमा अवरोध जारी रहँदा जनतासँग प्रत्यक्ष सरोकार राख्ने काममा बाधा पुग्ने भन्दै वार्ताबाट समाधान खोज्न एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि बाहिरिँदै सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संवादबाट निकास खोज्न एमाले तयार नहुनु दुःखद रहेको बताए । आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने एमालेबाहेक दलका नेताहरू उपस्थित थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*