सर्वदलीय बैठकमा एमाले अनुपस्थित

हेटौडा न्युज
१४ आश्विन २०७८, बिहीबार ११:३६
;

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बोलाईएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा केन्द्रित छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाइए पनि नेकपा एमाले भने सहभागी छैन । संसद बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले लगातार अवरोध गर्दै आएको छ ।

आजै आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । त्यसअघि सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*