राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

मकवानपुर । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छन् ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । संविधानको धारा ११४ को उपधारा ९२० को खण्ड ‘ख’ बमोजिम अध्यादेश खारेज भएका राष्ट्रपति कार्यालयले जनाएको छ ।