एमाले स्थायी कमिटीको बैठक बस्दै

मकवानपुर । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्ने भएको छ ।
विधान महाधिवेशनका प्रस्तावहरुमाथि छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए । एमालेको विधान महाविधेशन असोज १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ ।
यसअघि बसेको बैठकले प्रतिनिधिको मापदण्ड तय गरेको थियो । आजको बैठकमा विधान मस्यौदा तथा विधान महाधिवेशनमा प्रस्तुत हुने प्रस्तावमाथि छलफल हुने बताइएको छ ।