सडकमा जानुपर्ने अवस्था आउन सक्छ: प्रचण्ड

हेटौडा न्युज
३० भाद्र २०७८, बुधबार ११:४६
;

मकवानपुर । संविधान संशोधनका लागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको बताए ।

राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको भन्दै उनले भने, ‘तर जरुरी प¥यो भने हामी सडकमा जानुपर्ने हुनसक्छ ।’ दिवंगत नेता बोगटीलाई सम्झिँदै अध्यक्ष प्रचण्डले अहिले माओवादीका माथिल्लो तहका नेताहरु बिग्रिएको स्वीकारसमेत गरे । तर, जनता र कार्यकर्ताहरु नबिग्रिएको र क्रान्तिकारी आन्दोलनका लागि तयार रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*