(एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलको सचेतकमा सिग्देल

मकवानपुर । (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलको सचेतकमा मुनु सिग्देल चयन भएकी छिन् ।
सोमबार बसेको (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलको बैठकले दलको उपनेतामा कृष्ण प्रसाद खनाल,प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईंलाई चयन गरेको प्रमुख सचेतक सिग्देलले एक विज्ञप्ती जारी गर्दै जनाएकी छन् ।
बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि गठबन्धनमा सामेल भएका दलहरू नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्ने जिम्मा दलका राजेन्द्र पाण्डेलाई दिइएको छ ।