सभामुखले बोलाए सर्वदलीय बैठक

हेटौडा न्युज
२८ भाद्र २०७८, सोमबार १०:१९
;

मकवानपुर । सभामुख अग्निप्रसाद सापकोटाको आह््वानमा आज संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बस्दैछ ।

बैठक दिउँसो साढे दुई बजे संघीय संसद भवनकोे हलमा बस्ने छ । सो बैठक संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रित रहने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ ।

यसैगरी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई पनि बैठकमा आमन्त्रण गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*