एमालेको स्थायी कमिटी बैठक आजै दिउँसो ३ बजे बस्नेगरी स्थगित

हेटौडा न्युज
२६ भाद्र २०७८, शनिबार १३:२२
;

मकवानपुर । नेकपा एमालेको स्थायी कमिटी बैठक आजै दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा बसेको बैठक आजै दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) बारे छलफल भएको उनले जानकारी दिए ।

यसबारे छलफल चलिरहेको र अबको बैठकमा निष्कर्ष निकाल्ने उनले बताए । यस्तै राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि पनि छलफल हुने उनले जनाए। स्थायी कमिटीले पारित गरेपछि उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लगिने र केन्द्रीय कमिटीमा पनि पारित भएपछि विधान महाधिवेशनमा प्रतिवेदन पेस गरिने उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*